गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:४६
Dho

जनप्रतिनिधी बन्न राजीनामा दिनेको लहर, सात जनाले दिए राजीनामा

गाैमुल खबर गाैमुल खबर
शनिबार, बैशाख १०, २०७९
जनप्रतिनिधी बन्न राजीनामा दिनेको लहर, सात जनाले दिए राजीनामा

बाजुरामा पनि जनप्रतिनिनी बन्नका लागि राजीनामा दिनेहरुको लर्को लागेको छ । धेरै जसो जनप्रतिनिधीहरु भने दोहोरिने गरी राजीनामा दिएका छन् । राजीनामा दिने क्रम भने जारी नै रहेको छ । 

यसैबीच स्वामीकार्तिक खापर गाउँपालिकाका सात जना जनप्रतिनिधीले राजीनामा बुझाएका छन् । वैशाख ३० गते हुने निर्वाचनका लागि फेरी उम्मेदवार बन्ने लक्ष्यसहित सात जना जनप्रतिनिधीले राजीनामा बुझाएका हुन् । 
स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाहीले पनि राजीनामा दिएका छन् । पुन दोहोरिने गरी निर्वाचनमा उम्मेदवार बन्नका लागि शाहीले राजीनमा बुझाएका छन् । 

त्यस्तै सोही गाउँपालिका वडा नं.१ का वडा अध्यक्ष जनक रोकाया, वडा नं.२ का वडाध्यक्ष विष्णु बहादुर शाही, न्यायिक समिति सदस्य नेत्र शाही, वडा सदस्य मनिकेश बुढा र संग्राम भण्डारीले पनि राजीनमा दिएका छन् । अध्यक्ष शाहीले फेरी गाउँपालिका अध्यक्ष पदमा लड्नका लागि राजीनामा दिएको बताएका छन । 

नेकपा एकिकृत समाजबादी पार्टीबाट पुन गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिनका लागि हाफूले राजीनामा दिएको शाहीले बताए । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा पुनः भाग लिन अनिवार्य राजीनमा दिनुपर्ने नियम बनाएसंगै बहालमा रहेका जनप्रतिनिधीहरु राजीनामा दिन लागेका हुन । 

पुन उम्मेदवार बन्न पहिलेको पदबाट राजीनमा दिनुपर्ने नियमाअनुसार स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष लगायतका जनप्रतिनिधीहरुले राजीनामा दिएको स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाहीले बताएका छन ।

हाल पदमा रहेका उम्मेदवारहरुले अनिवार्य राजीनमा दिनुपर्ने नियमपछि जिल्लाका अन्य स्थानीय तहका जनप्रतिनिधीहरु पनि राजीनामा दिने तयारीमा रहेका छन ।

प्रतिक्रिया