गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:३५
Dho

एमाले खप्तड छेडेदह गाउँपालिकाकाे चुनावी प्रतिवद्वता सार्वजनिक

गाैमुल खबर गाैमुल खबर
शनिबार, बैशाख १०, २०७९
एमाले खप्तड छेडेदह गाउँपालिकाकाे चुनावी प्रतिवद्वता सार्वजनिक

गाैमुलखबर/बाजुरा १० बैशाख। नेकपा एमाले खप्तड छेडेदह गाउँपालिकाले चुनावी प्रतिवद्वता सार्वजनिक गरेको छ । खप्तड छेडेदह गाउँपालिकामा हाम्रो उम्मेदवारी, सामाजिक न्याय समानता र समृद्धिको जिम्मेवारी भन्ने मुल नाराका साथ एमाले खप्तड क्षेडेदह गाउँपालिकाले आफ्नो चुनावी प्रतिवद्वता पत्र सार्वजनिक गरेको हो ।

एमाले खप्तड छेडेदह गाउँ कमिटीले पालिकाको केन्द्र डोगडीमा बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि तयार गरेको प्रतिवद्वता पत्र शुक्रबार एक औपचारिक कार्यक्रमका विच एमाले केन्द्रीय लेखा आयोग सदस्य तथा पूर्व संविधानसभा सदस्य बसुन्धरा रोकाया, एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य लालबहादुर ओली, गाउँपालिकाका अध्यक्षका उम्मेदवार दिलबहादुर रावत, उपाध्यक्षका उम्मेद्वार मन्देवी ओली लगायत नेताहरूले सामुहिक रूपमा सार्वजनिक गरेका थिए ।

एमाले खप्तड छेडेदह गाउँ कमिटीले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि तयार गरेको प्रतिवद्वता पत्रमा गाउँपालिकामा २ वर्षभित्र सवै विद्यालयमा कम्प्युटर शिक्षा र ई पुस्तकालय संचालन गर्ने, स्नातक तह सम्मको क्याम्पस र प्राविधिक शिक्षालयको स्थापना गर्ने, अंग्रेजी माध्यमबाट कक्षा १ देखि आधारभुत तहको शिक्षा प्रारम्भ गर्ने भनिएको छ । त्यसै गरि गाउँपालिकामा निर्माण संरचनालाई व्यपस्थित गर्ने र निर्माण पूरा नभएका संरचनाहरूलाई २ वर्ष भित्र निर्माण गरिसक्ने लक्ष्य लिएको छ ।

प्रतिबद्धता पत्र अनुसार गाउँपालिकाले प्रतेक वर्ष २ जना डाक्टर, २ जना ईन्जिनियर, २ जना स्टाप नर्स र २ कानुन पढाउने भएको छ । गाउँपालिका भित्र ५ वर्ष मुनिका बालवालिका र ८० वर्ष माथिका वृद्ध वृद्धाको स्वास्थ्य विमा र विशेष रोगको निशुल्क उपचार गर्ने, वर्षको २ पटक विषेशज्ञ शिविर र २ महिनाको एक पटक स्वास्थ्य शिविर संचालन गर्ने प्रतिवद्वतामा उल्लेख गरेको छ । एमाले खप्तड क्षेडेदह गाउँकमिटीले गाउँपालिकामा २४ सै घण्टा संचालन हुनेगरि एम्बुलेन्स सेवा, काँडा र आर्टिचौरमा ल्याव सेवा र पालिकाको केन्द्र डोगडीमा चिकित्सक सेवाको विस्तार गर्ने, पालिकामा १० सैयाको अस्पताल निर्माण गरि संचालनमा ल्याउने र गाउँपालिकाका अति विपन्न प्रतेक घरधुरीमा धुँवारहित सुधारिएको चुल्हो जडान गरिने छ ।

त्यसैगरि गाउँपालिका भित्र रहेका अतिविपन्न, अपांग, एकल महिला, टुहुरा, असहाय र फरक क्षमता भएका व्यक्तिको परिचयपत्रका आधारमा निशुल्क उपचार गर्ने, गाउँपालिकाका सवै नागरिकलाई विमामा जोडेर निशुल्क उपचारको ग्यारेन्टी गर्ने एमाले खप्तड क्षेडेहुदहले प्रतिवद्वता पत्रमा राखेको छ । १ सय १३ बुँदा लामो प्रतिवद्वता पत्रमा पाँच वर्षभित्र गाउँपालिकाका सबै वडाको केन्द्रसम्म पुग्ने गरि कालोपत्रे सडक विस्तार गर्ने एमाले खप्तड क्षेडेदह गाउँ कमिटीले सार्वजनिक गरेको प्रतिवद्वता पत्रमा समेटेको छ ।

एमाले खप्तड क्षेडेदह गाउँ कमिटीका अध्यक्ष गोपाल बुढाको अध्यक्षतामा गरिएको प्रतिवद्वता पत्र सार्वजनिक कार्यक्रमको संचालन गाउँ कमिटी सदस्य तथा हास्य कलाकार दिर्घ शाहीले गरेका थिए भने कार्यक्रमको प्रमुख अतिथि एमाले केन्द्रीय लेखा आयोग सदस्य तथा पूर्व संविधानसभा सदस्य बसुन्धरा रोकाया रहेकी थिईन् ।

कार्यक्रममा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य लालबहादुर ओली, गाउँपालिकाका अध्यक्षका उम्मेदवार दिलबहादुर रावत, उपाध्यक्षका उम्मेद्वार मन्देवी ओली लगायत नेता कार्यक्रताहरू सहभागी भएका थिए ।

प्रतिक्रिया