गाैमुल खबर डटकम मङ्गलबार ०१, असोज २०८१ ०२:०७
Dho

पीसविनद्धारा प्रस्तावित बजेट तथा कार्यक्रमका बारेमा छलफल

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, असार ०७, २०८१
पीसविनद्धारा प्रस्तावित बजेट तथा कार्यक्रमका बारेमा छलफल

बाजुरा : गौमुल गाउँपालिका आगामी आर्थिक वर्ष ०८१/०८२ का लागि प्रस्तावित बजेट तथा कार्यक्रमका बारेमा पीसविन नेपालले बिहीबार छलफल गरेको छ ।

संयुक्त राष्ट्र संघीय जनसंख्या कोषको आर्थिक सहयोग र पीसविन नेपालको साझेदारीमा गाउँपालिकामा स्वास्थ्य केन्द्रीत कार्यक्रम सञ्चालन हुने भएका छन् ।

पीसविनद्धारा पहिचान गरिएका कार्यक्रम तथा क्रियाकलापहरुका विषयमा छलफल गरिएको पीसविन नेपालका स्वास्थ्य अधिकृत निर्मला खडायतले बताएकी छन् ।

पीसविन नेपालले समग्र गाउँपालिकाको स्वास्थ्य केन्द्रीत सञ्चालन गर्ने वर्षभरिका क्रियाकलापका बिषयमा छलफल सहित गाउँपालिकाबाट समेत बजेट विनियोजन गराउनका लागि कार्यक्रमको आयोजना गरिएको हो ।

छलफलमा गौमुल गाउँपालिका अध्यक्ष हरि बहादुर रोकायाले कार्यक्रम सञ्चालनले आफुहरुलाई सहज हुने विश्वास व्यक्त गरेका छन् ।

संघीय सरकारले बजेट कटौती गरेर पठाएका कारण कतिपय आफुहरुले सोचे जस्तो काम गर्न कठिनाई भएको स्पष्ट पारेका छन् ।

स्वास्थ्य क्षेत्रलाई सुधार गर्ने स्थानीय सरकारको प्रयास माथि पीसविनले थप सञ्चालन गर्ने गतिविधिले सहज हुने बताएका छन् ।

प्रस्तावित बजेट माथिको छलफलमा अध्यक्ष रोकायाले सकेजति बजेटको अवस्थालाई हेरेर सम्बोधन गर्ने प्रयत्न गरिने बताएका छन् ।

पीसविन नेपालले आर्थिक वर्ष ०८१/०८२ मा गाउँपालिकाको स्वास्थ्य क्षेत्रका विभिन्न गतिविधि सञ्चालन गर्नका लागि ७ लाख ९६ हजार खर्च गर्ने भएको छ ।

छलफलमा गाउँपालिका उपाध्यक्ष सीता थापा, वडा अध्यक्ष प्रकाश रोकाया, अमर विक, देव रोकाया, देवेन्द्र रोकाया, गोरख बोहरा लगायत विभिन्न शाखाका प्रमुखहरुको सहभागीता रहेको थियो । 


 

प्रतिक्रिया