गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:२२
Dho

गौमुलमा रोजगारी सिर्जना गर्न सीपमूलक फर्निचरको तालिम सञ्चालन

बाजुरा
pramit bk pramit bk
बुधबार, फागुन २३, २०८०
गौमुलमा रोजगारी सिर्जना गर्न सीपमूलक फर्निचरको तालिम सञ्चालन

बाजुरा : गौमुल गाउँपालिकामा फर्निचर सम्बन्धी तालिम दिन थालिएको छ । गाउँमै रोजगारी सिर्जना गरेर आत्मनिर्भर बनाउँन सीपमूलक काठ फर्निचर सम्बन्धी तालिम दिन थालिएको हो ।

गौमुल गाउँपालिका उद्यम विकास शाखाद्धारा सञ्चालित गरिवी निवारणका लागि लद्यु उद्यम विकास कार्यक्रम अन्र्तगत ४५ दिने सीपमूलक तालिम सुरु गरिएको छ । आजदेखि वडा नं.१ अम्लीसमा विभिन्न काठका सामाग्रीहरु निर्माण गर्ने तालिम सञ्चालन गरिएको उद्यम विकास शाखा प्रमुख अमृत साउँदले बताएका छन् ।

उक्त तालिममा ३० जना जना सहभाागि छन् । आजदेअि सुरु भएको तालिम बैशाख ७ गतेसम्म चल्ने छ । भने फर्निचर प्रशिक्षक धनकृष्ण रोकायाले सहभागिहरुलाई फर्निचर सम्बन्धी विभिन्न ज्ञान प्रदान गरी सामाग्री निमार्ण गर्न सिकाउने भएका छन् । तालिमको व्यवस्थापकीय जिम्मा रामबहादुर रोकायालाई दिईएको छ ।

गाउँमै सीपको विकास गरी नागरिकलाई उद्यम तर्फ आकर्षण गर्ने र उनीहरुको आयआर्जन वृद्धि गर्ने लक्ष्यसहित तालिम सञ्चालन गरिएको उद्यम विकास शाखा प्रमुख साउँदले भनाइ छ ।

तालिमको आज एक औपचारिक कार्यक्रमकाबीच गौमुल गाउँपालिकाका कार्यपालिका सदस्य मैना चदाँराले उद्घाटन गर्नुभएको छ । कार्यक्रममा कार्यपालिका सदस्य चदाँराले हिजो, आज र भोलीको जीवनयापन गर्न तालिम अत्यावश्यक भएकाले सीप राम्रोसंग सिक्न आग्रह गरेकी छन् ।  

चदाँराकै अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा पूर्व वडा सदस्य राम बहादुर रोकाया, सामाजिक परिचालक हरिलाल रोकाया, गौमुल उद्यम विकास शाखा प्रमुख अमृत रोकाया लगायत अतिथिमा रहेका थिए ।

No description available.रोजगारीको अवसर सिर्जना गरेर समातामूल, समावेशी तथा आर्थिक विकास गर्ने लक्ष्य सहीत गाउँपालिका समुदायस्तरमै विभिन्न तालिम सञ्चालन गरिदै आएको गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताएका छन् । 

श्रम बजारको मागअनुसारका व्यवसायीक सीपमूलक तालिमका माध्यमबाट दक्ष जनशक्ति उत्पादन गरी स्थानीय स्तरमा लद्यु साना तथा मझौला उद्यम विकास मार्फत रोजगारी सिर्जना गर्ने उद्देश्य रहेको उनले बताए । 

विशेष गरी आर्थिक रुपले कमजोर र युवाहरुलाई छनोट गरी सीप विकास तालिम दिने गरेको उपाध्यक्ष सीता थापाले बताएकी छन् । सीपलाई उत्पादनसंग जोडेर आत्मनिर्भर बन्न सकिने र हातमा सीप भए परनिर्भतासंगै रोजगार खोज्दै विदेशीनु पर्ने बाध्यता हट्ने विश्वस लिएको छ ।

गाउँपालिकामा सीपमूलक विभिन्न क्षेत्रका तालिम सञ्चालन गरिदै आएको छ । आत्मनिर्भर बनाउन सिलाइकटाई तालिम, फर्निचर, इलेक्ट्रोनिक, वाईरि¨, डराईभर सम्बन्धी, सिलाई बुनाइ लगायत कृषि सम्बन्धीका तालिमहरु दिएका छन् । भने विभिन्न गैर सरकारी संस्थासंग साँझेदारी गरी सीपमूलक तालिम दिने क्रम जारी रहेको छ । 

प्रतिक्रिया