गाैमुल खबर डटकम आइतबार ०९, मङि्सर २०८१ ०१:४४

लाठ्ठीको सहारामा विद्यालय जान्छन् दिपक

गाैमुल खबर गाैमुल खबर
शुक्रबार, पुष २०, २०८०
लाठ्ठीको सहारामा विद्यालय जान्छन् दिपक

बाजुरा : गौमुल गाउँपालिका ५ मनाकोटका दिपक रोकायाको उमेर १५ वर्ष  पुग्यो । २०६५ साल चैत्र ८ गते आमा विर्मा रोकायाको कोखबाट जेठो सन्तानको रुपमा जन्म लिएका थिए । दिपक जन्मकै अपाङ्ग हुन् । उनी दुबै खुट्टाले राम्रोसंग हिड्न सक्दैनन् । 

दिपक लठ्ठी टेकेर अपराहन्नको ४ः०० बजे समयमा विद्यालयबाट घर फर्किदै थिए । उनको हातमा रैस नामक विरुवाको चिप्लो पारेको लठ्ठी टेक्दै स्कुलबाट फर्किदै गर्दा हामीले बाटोमा भेटायौं । उनका साथी उनलाई पछ्याएर अगाडी हिड्दै थिए । दिपक पनि साथी जसरी नै लठ्ठीको सहराले संगै हिड्ने प्रयास गरिरहेका थिए । उनलाई सोधैं खुट्टा केभयो ? उनले जवाफमा भने दुबै खुट्टा राम्रोसंग चल्दैन्, लठ्ठीको भरले स्कुलबाट आए ।         

बाल्यकालमा हुर्काउने आमा, बुवा सहारा भएपनि आजभोली दिपकको सहारा लठ्ठी बनेको छ । दुबै खुट्टा अपाङ्ग भएका दिपकको साथी भनेकै त्यही एउटा लठ्ठी नै हो । 

जन्मने वित्तिकै उनका बुवा देवबहादुर रोकायाले उपचारका लागि भारतदेखि नेपालका अस्पतालमा लिए, तर पैसा मात्रै सकिए, खुट्टा भने ठिक भएन् । छोरालाई हिडडुल गर्न सक्ने बनाउँने लक्ष्य सहीत विभिन्न अस्पतालमा बाल्यककालदेखि नै उपचारमा लाग्यौं । उपचारका लागि नेपालगञ्ज, काठ्माण्डौं र भारत लगायतका अस्पतालमा लगे तर उपचार कहीं राम्रोसंग भएन्, छोरालाई हिड्डुल गर्न सक्ने बनाउने लक्ष्यमै समित रह्यो उनकी आमा विर्मा रोकायाले भनिन् ।

दिपकका बुवा देवबहादुर रोकायाले भने आफू गरिब भएकै कारण छोराको उपचार गर्न नसकीएन् हुने खानेको ठाउँमा आफूभए छोरा हिड्ने सक्ने हुथ्ये होला । जनतेन पौसाले भ्याएसम्म उपचार गरे, पछि उही भएको सबै पैसा उपचारमै सकिएपछि घर फर्किनुपर्ने बाध्यता आईलाग्यो । उनका अपाङ्ग दिपक सहीत तीन छोरा रहेका छन् । 

दिपक हाल मानाकोट माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययन गरिहेका छन् । भिरालो जमिनमा डिड्डुल गर्न अप्ठेरो भएपनि आफ्ना उमेर समूहका साथीहरु विद्यालय जादाँ देखेर लठ्ठी टेकेर अथवा घिष्रेर भएपनि विद्यालय जाने गर्नाले अहिले दुई कक्षामा पढ्ने गरेका छन् । हुन त अहिले माध्यमिक तहमा पढ्ने उमेर दिपकको हो । त्यहा सम्म नपुग्नुको मुख्य कारण भनेकै हिड्न नसक्नु र घर नजिक स्कल नहुनु हो । अहिले उमेर ठुलो भएपछि लठ्ठी टेकेर विद्यालय जाने गरेका छन् ।
दिपक भन्छन् विद्यालय जाने बाटो अप्ठेरो छ, जान आउन निकै गारो हुन्छ, कहिल्यै कांही आमाले पुर्याउन र लिन जानु हुन्छ, विद्यालय नजिक भएत सजिलो हुन्थ्यो, अरुको लागि नजिक भएपनि मेरोलाई टाढा नै छ । लठ्ठी टेकेर हिड्डुल गर्दा हात दुख्छ, हातमा फोका पनि भएका छन् उनले बताए । 

राेजगारीका लागि उनका बुवा भारत गएका छन् । अहिले दिपकको हेरचाह र स्कुल पठाउने काम आमा गरिरहेकी छन् । छोराको उपचारका लागि धेरैसंग सहयोगको अपिल गरे तर कसैले वास्ता नगरेको दिपककी आमा विर्माले बताएकी छन् । 
कसैले सहयोगी मनहरुले सहयोग गरे एक पटक फेरी उपचार गर्ने लक्ष्य रहेको उनको भनाइ छ । आर्थिक अभावका कारण सुविधा सम्पन्न अस्पतालमा जान नसक्दा हालसम्म छोराको राम्रोसंग उपचार गर्न नसकिएको उनले बताईन् ।

छोराको उपचार सहीत अन्य सहयोगका लागि अपिल गरेकी छन् । बाजुरा जिल्लामा अपाङ्गमैत्री विद्यालय नुहँदा र  विद्यालय टाढाँ हुँदा दिकप जस्तै धेरै कतिपय अपाङ्ग भएका व्यक्तिहरु पढ्नबाट बञ्चित हुने गरेका छन् । पढाईबाट मात्रै होईन् अन्य सेवा सुविधाबाट समेत बञ्चित हुने गरेका देखिन्छन् । 

प्रतिक्रिया