गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:५०
Dho

पुनर्जन्म पाएकी गौमुल गाउँपालिका–५ की मंसिरा रोकाया

गाैमुल खबर गाैमुल खबर
आइतबार, भदौ ०३, २०८०
पुनर्जन्म पाएकी गौमुल गाउँपालिका–५ की मंसिरा रोकाया

बाजुरा : गौमुल गाउँपालिका–५ मानाकोटकी मंसिरा रोकाया अहिले ५२ वर्षकी भईन् । ४ वर्ष पहिले ग्यास्ट्रिक र बाथरोगले ग्रसित उनले बाँच्ने आशा सबै मारिसकेको थिईन् । रोगका कारण धेरै अस्पताल धाँएकी भएपनि कतै उपचार भएन् । ‘उपचारको सबै विधि प्रयोग गरियो, ज्यानलाई अलि पनि सन्चो भएन, मंसिराले भनिन’। आफुलाई बाँच्नु भन्दा बरु छिटो मरे सुख होला भन्ने लाग्थ्यो । अरुले बोल्दा, कुरा गर्दा पनि बरबराउने रिसाउने गरेको बताईन् । 

पारिवारिक अवस्था अत्यन्तै नाजुक । भए भरको रुपियाँ सबै उपचारमा सकियो । ऋण निकालेर समेत उपचार गरिन् । तर स्वास्थ्यमा भने अलि पनि सुधार भएन् । न धन रह्यो न ज्यानलाई सञ्चो ।  सबै तिर उपचार गराउँदा पनि सुधार नभएर आकुल व्याकुल भएकी उनलाई आयुर्वेदमा उपचार हुन्छ भन्ने थाहा नै थिएन् । न गाउँमा आयुर्वेदको पहुँच, न उपचार गरिन्छ भन्ने ज्ञान नै थियो । गौमुल गाउँपालिकाको केन्द्र घट्मुनामा आरोग्य सेवा केन्द्र आयुर्वेदको स्थापना भयो ।

सुरुमा आयुर्वेद भन्ने बिषयमा कसैलाई पनि गाउँमा ज्ञान थिएन् । सञ्चार माध्याममा विभिन्न रोगको उपचार गरिन्छ भन्ने जानकारी पाएपछि उनले उपचारमा आउने निधो गरिन् ।  रोगले आफुले खाना छोडेको, अरुले बोल्दा समेत रिस उठ्ने, चिसोका कारण पेट सुनिन्ने, उठेर हिड्न सक्ने समेत अवस्था थिएन् । आफु नियमित आरोग्य सेवा केन्द्र आयुर्वेदमा उपचारमा आएपछि अहिले पुनर्जन्म पाएको बताएकी छन् । काम नगरी हातमुख जोर्न मुस्किल ।

रोगले पूर्ण रुपमा ग्रसित । उकाली ओराली हिड्न समेत गाह्रो हुने । जब आयुर्वेदको औषधि प्रयोग गरे त्यो दिनबाट आफुले नयाँ जीवन पाएको बताइन् । गौमुल सरकार तथा प्रदेश सरकारको मातहतमा नागरिक आरोग्य सेवा केन्द्र आयुर्वेद स्थापनापछि दैनिक आफु उपचारमा आउने गरेकै कारण अहिले आफु पूर्ण रुपमा सन्चो भइसकेको सुनाईन् । उपचारका सबै विधि प्रयोग गरेर उपचार गरेपछि उनलाई स्वस्थ्य हुदैं गएको छ । ४ वर्ष अघि ग्यास्ट्रिक र बाथरोगले जीवन मरणको दोसाँधमा रहेकी उनलाई निको हुदैं गएको छ ।  

नागरिक आरोग्य सेवा केन्द्र आयुर्वेद स्थापना भएपछि हालसम्म ६ हजार ६ सय ४४ जनाले सेवा लिएको नागरिक आरोग्य सेवा केन्द्रका प्रमुख लक्ष्मी शाह सिंहले बताइन् । जस मध्ये जटिल प्रकृतिका २५ जनाले उपचार लिएपछि पूर्ण रुपमा सन्चो भएको तथ्याङ्क आरोग्य सेवा केन्दसंग रहेको छ । स्थानीय स्तरमा पाईने जडीबुटीकै औषधि प्रयोग गरेर उपचार गरिने प्रसिद्ध प्राचीन चिकित्साशास्त्रमा हाल उपचारमा आउने बिरामीको संख्या कम्तिमा दैनिक दिनजसो १०÷१२ जना आउने गरेका छन् । 

प्रतिक्रिया