गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:५२
Dho
गाैमुल खबर गाैमुल खबर
बिहीबार, बैशाख ०८, २०७९
गौमुल गाउँपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

गौमुल गाउँपालिकामा निर्वाचन कार्यालय स्थापना गरिएको छ । यहीँ वैशाख  ३० गते हुने स्थानीय तहको निर्वाचन सहज पूर्वक सम्पन्न गर्न निर्वाचन कार्यालयको स्थापना गरिएको हो ।

आज एक कार्यक्रमका बीच निर्वाचन कार्यालयको उद्घाटन गरिएको गौमुल गाउँपालिकाका निर्वाचन अधिकृत शान्ति बहादुर बस्नेतले बताएका छन् ।

वैशाख ३० गते हुने स्थानीय तहकको निर्वाचनको समय नजिकिएसँगै निर्वाचन कार्यालय बाजुराले पनि तयारी पूरा गर्न थालको छ । यसै क्रममा बाजुरा जिल्लाका ९ वटै स्थानीय तहमा निर्वाचन कार्यालय स्थापनासंगै गौमुल गाउँपालिकामा समेत कार्यालय स्थापना गरेको सहायक निर्वाचन अधिकृत जगदीश प्रसाद भट्टले बताएका छन् ।

यसैबीच गौमुल गाउँपालिकामा पनि आज कार्यालयको स्थापना गरी कामकाज सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालय गौमुल गाउँपालिकाले जनाएको छ ।

कार्यालयको स्थापना कार्यक्रममा जानकारी गदैं गौमुल गाउँपालिकाका निर्वाचन अधिकृत शान्ति बहादुर बस्नेतले स्थानीय निर्वाचन लोकतन्त्रको मेरुदण्ड भएकाले गौमुल गाउँपालिकामा निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न सबै राजनीतिक दलले सहयोग गर्न आग्रह गर्नुभएको छ ।

No description available.नेताहरु जनताको मन र मत जितेर मत प्राप्त गरी निर्वाचित हुने र सोही प्रक्रियाका लागि कर्मचारीहरु माध्याम मात्र भएका कारण सत्तामा पुगेर ऐन कानुन बनाएर जनताको भाग्य र भविष्य कोर्ने राजनीतिक दलले भएको बताउनुभयो । 

कार्यालय स्थापनामा नेकपा (एमाले) गौमुल गाउँ कमिटी उपाध्यक्ष गीता रोकाया, नेपाली काँग्रेस गौमुल गाउँ कार्य समिति सभापति राज बहादुर धामी, नेकपा एकिकृत समाजवादीका प्रतिनिधि लाल बहादुर रोकाया, माओवादी केन्द्रका दिलिप कुमार रोकाया, एमाले गौमुल गाउँ कमिटी सदस्य सुगुने रोकाया, नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि सदस्य दिपा बोहरा, रेडियो गौमुलका स्टेशन प्रबन्धक तथा पत्रकार महासंघ बाजुराका सह–सचिव रमित विक लगायतको उपस्थिति रहेको थियो । 

आज एकसाथ स्थानीय तह निर्वाचन गराउन ७ सय ५३ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएका छन् । निर्वाचन अधिकृतहरू नियुक्तिपत्र लिएर पालिकास्तरमा खटिइसकेका छन् । 

हरेक जिल्लामा एक जना मुख्य निर्वाचन अधिकृत रहेका छन् । मुख्य निर्वाचन अधिकृतले जिल्ला सदरमुकाम रहेको गाउँपालिका वा नगरपालिकाको केन्द्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । 

No description available.अन्य पालिकामा निर्वाचन अधिकृतको कार्यालय रहनेछन् । निर्वाचन अधिकृतको कार्यालयले मतदान केन्द्रमा रहेका समस्या, आचारसंहिता पालनाको अवस्था समेत निर्वाचन अधिकृतको कार्यालयले हेर्ने भएको छ ।  

कार्यालयले मतदाता नामावली टाँस्ने, उम्मेदवारी दर्ता, मतदान गराउनेदेखि मतगणना गर्ने कामसमेत गरिने भएको छ ।कार्यालय स्थापना गर्दा सम्बन्धित गाउँपालिका वा नगरपालिकाको कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, सम्बन्धित जिल्लाको निर्वाचन कार्यालय, अन्य कुनै सरकारी कार्यालय र सरकारी स्वामित्वमा रहेको कार्यालयको भवन प्रयोग गर्नुपर्ने सर्त निर्वाचन आयोगले तोकेको छ । 

निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, सहायक कर्मचारी, लेखापाल, कम्प्युटर अपरेटर, सवारी चालक, कार्यालय सहयोगी, पीएसओ (निजी सुरक्षा अधिकारी) सहित नौ जना कर्मचारी रहने भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पनि नौ जनै कर्मचारी रहने व्यवस्था रहेको छ ।

निर्वाचन अधिकृतको कार्यालय सञ्चालन तथा व्यवस्थापन खर्च २ लाख ५५ हजार रहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले भने २ लाख ८५ हजार रुपैयाँ बजेटको सिलिङ दिइएको छ । 

कार्यालयको सुरक्षामा बढीमा १० जनासम्म सुरक्षाकर्मी परिचालन हुनेछन् । कार्यालयमा खटिने नियुक्ति भएदेखि सुविधा पाउनेछन् । मुख्य निर्वाचन अधिकृतले जिल्लाभरिको स्थानीय तहमा समन्वय गर्न प्रत्येक स्थानीय तहको एक हजारका दरले भत्ता पनि पाउने भएका छन् ।

निर्वाचन अधिकृतले निर्वाचन अवधिभर एकमुष्ट ५ हजार सञ्चार सुविधा पाउनेछन् । सुरुको तलब स्केलको एक सय प्रतिशत भत्ता पाउनेछन् । यसबाहेक हरेक दिनको खाजा खर्च पनि पाउँछन् । निर्वाचन अधिकृतको कार्यालयमा खटिनेले एक सय प्रतिशत भत्ता र खाजा खर्च पाउने भएका छन् ।


 
 

प्रतिक्रिया