गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:२४
Dho

काँग्रेस सभापति देउवासँग बाजुराका ओलीको भेट, राजनीतिक स्थायित्व र बाजुराको विकासमा सहयोग गर्न आग्रह

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, साउन ०७, २०८१
काँग्रेस सभापति देउवासँग बाजुराका ओलीको भेट, राजनीतिक स्थायित्व र बाजुराको विकासमा सहयोग गर्न आग्रह

बाजुरा : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग नेकपा एमाले बाजुराका अध्यक्ष लालबहादुर ओलीले भेट गरेका छन् । वर्तमान सत्ता साझेदार दलले बाजुराको विकासमा पुर्याउनु पर्ने योगदान र प्राथमिकताका सवाल बारे छलफल गर्न ओलीले देउवा निवासमै पुगेर भेट गरेका हुन् ।

सत्ता समीकरणमा पहिलो दलको भूमिकामा रहेको काँग्रेसका सभापतिलाई देउवालाई भेटेर ओलीले बाजुरालाई बजेटको प्राथमिकतामा राख्न आग्रह गरेका छन् । देउवा निवास बुढानिलकण्ठमै पुगेर ओलीले सत्ता सहकार्यका लागि दुईदल बीचको सहमतिलाई इमान्दारी पूर्वक कार्यान्वयन गर्न र राजनीतिक स्थायीत्व अनि विकासको अनभूति जनतालाई गराउन पनि आग्रह गरेका हुन् ।

भेटमा बाढी पहिरोबाट जनताले दुःख पाइरहेको, बल्देमा करिब २ किलोमिटर लामो पहिरोले सडक बिग्रीरहने हुँदा सदरमुकाम मार्तडीसँग यातायात सम्बन्ध बिच्छेद भइरहने गरेको, गुइगाडले सडक पुल बगाउँछ कि भन्ने जोखिम बढीरहने अवस्था बारे ओलीले जानकारी गराएको बताएका छन् ।

सोही अवसरमा मार्तडी–कोल्टीमा सडकमा पर्ने बाउली र अनाइ खोलामा पुल नबन्दा यातायात सेवा बन्द भएको, बुढीगंगाको बेलिब्रिज सार्न नसकिएको, केन्द्रबाट ठेका लागेका जिल्लाका कतिपय निर्माण योजना सम्पन्न गर्ने समय भुक्तान भएर पनि काम सम्पन्न नभएको बारे पनि ओलीले देउवालाई जानकारी गराएका छन् ।

देउवाले भेट्नुको कारण समेत सोधेको बताउँदै ओलीले काँग्रेस एमालेसँगको सहकार्यमा विश्वासको वातावरण बनाएर सहमति कार्यान्वयन गर्नुको विकल्प नरहेकोमा जोड दिएका छन् । ओलीले सुदूरपश्चिम प्रदेशले चार जना क्याविनेट मन्त्री पाएको र यसले केहि आशा जगाएको भन्दै तपाई र नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई एमाले जिल्ला कमिटी बाजुराको तर्फबाट बधाई समेत दिएको बताएका छन् ।

भेटमा देउवाले बाजुराको राजनीतिक अवस्था बारे चासो राख्दै बेलाबेला बबाल पनि हुन्छ भन्छन भनेर प्रश्न समेत गरेको बताइएको छ । सो बारे ओलीले र राजनीतिक अपरिपक्व व्यवहारले जिल्ला प्रति नकारात्मक भाव बनाएको सत्य भएपनि त्यसलाई राजनीतिक नेतृत्वबाट व्यवस्थापन गरिनु पर्नेमा जोड दिएका छन् । जिल्लामा अब राजनीतिक परिपक्वता प्राप्त भैरहेको र निर्वाचनमा मान्छे मर्नु पर्ने घटना हुँदैनन् ।

विगतका घटनाले पारेका असर हटाउन र पीडितका मन बुझाउन तहगत छलफल भइरहेकोले जारी राख्दै समाधान गर्न कानुन र समाजको मान्यता विपरित गर्नेलाई राजनीतिक संरक्षण नगर्ने र निर्दोषलाई फसाउने कार्य गर्नुहुन्न भन्ने आम मान्यता बारे सबै जानकारी र जिम्मेवार हुनु पर्ने सुझाव दिएको ओलीले बताएका छन् ।

ओलीले देउवालाई दिएको सुझाव जस्ताको त्यस्तै ः दुई सम्मानितको नेतृत्व र दुईटा पार्टीको बीच बनेको यो समझदारी चार वर्षसम्म टिक्न आवश्यक छ । यो दुई दलीय एलाईन्स टिक्ने समयावधि बारे बजारमा विद्वान ज्यातिषहरु टिप्पणी गर्दैछन् । ती सबैका टिप्पणी गलत सावित गर्नुहुनेछ ।

यो सहमति पूरा मास (महिना) नपुगेर नतुहियोस् । यो नै सायद दलहरु बीचको अन्तिम र उपयुक्त विकाल्पको रोजाई थियो । कुनै पनि प्रकारका आन्तरिक पीडा र राजनीतिक दर्द व्यवस्थापन गरेर पनि जनतालाई व्यवस्था प्रति विश्वास जगाउनुहुनेछ । देशको रक्षा गर्नु, गराउनुहुने अपेक्षा गरेका छौं ।

विकास निरन्तरको प्रक्रिया होला । तर व्यवस्था प्रतिको भरोसा जगाउने समय यहि हो । यहि राजनीतिक गठबन्धनमा हजुरको नेतृत्वको सरकारले नै २०८४ को निर्वाचन गरेको अुनभूत गर्न पाउने छौं । नेपालमा ७५ जिल्ला हुँदा बाजुरा जिल्ला विकास सूचकांकमा ७५औं स्थानमा थियो ।

अहिले ७७ जिल्लामा ७७औं स्थानमा छ । बाजुराको विकास देशको नियमित बजेट र योजनामा समावेश गरिने स्रोतले नहुनसक्ने स्थिति छ । यस जिल्लाको समष्टीगत विकासका लागि विशेष कार्यक्रम विकास गरी केहि वर्ष प्राथमिकताका साथ स्रोतको लगानी गर्न आवश्यक छ ।

यसमा हजुरले जोड गरिदिनुहुन अनुरोध छ । हजुरले संकेत गर्नुभए अनुसार जिल्लामा राजनीतिक रुपमा नकारात्मक भाव बनिरहेको छ । विगतमा राजनीतिक दलका क्रियाकलाप (विशेषगरी निर्वाचनका समयमा) को कारण जनताले सुरक्षा महशुश नगर्ने अवस्था विकास भयो ।

विभिन्न पटकका निर्वाचनमा अनाहकमा मान्छेले ज्यान गुमाउनु परेकोले जिल्लाको यस्तो नकारात्मक छवि बनेको छ । नेपाली काँग्रेस र एमालेका विभिन्न तहका नेता बीच विगतबाट सिक्ने र भविष्यमा यस्ता कमजोरी नहुने वातावरण सृजना गरी राजनीतिक दलका गतिविधिमा भ्रातृत्व विकास र सुरक्षित वातावरण सृजना गर्न मलाई लाग्छ सबैमा आत्मवोध भएको छ ।

बाजुरा जिल्लाबाट दुवै पार्टीबाट केन्द्रीय कमिटीमा रहनुभएका नेता बीच, जिल्ला स्तरको नेतृत्व बीच छलफल चलिरहेको छ । जिल्लामा राजनीतिक दल बीच विश्वासको वातावरण विकास गर्न, शान्ति सुरक्षाको सुनिश्चित गर्न, स्थानीय प्रशासनलाई काम गर्ने वातावरण सृजना गर्न र विकास कार्यमा दलहरु बीच साझा बुझाई बनाएर सहमतिमा काम गर्न, स्थानीय तहबाट सुशासनयुक्त काम गर्न÷गराउन हजुरले पनि बाजुरा जिल्लाबाट रहनुभएका पार्टीका माथिल्ला तहका जिम्मेवार नेताहरुलाई आवश्यक सुझाब दिन आवश्यक महशुश गरेको छु ।

देउवाले ओलीको कुरामा सहमत जनाएर धन्यवाद दिएका छन् । उनले यसमा सन्देह छैन । तपाईंको कुरा गम्भीर छ । केपी जी र म त पञ्चायती व्यवस्था विरुद्ध सँगै चेल भित्रको सेलको पीडा भोगेका छौं ।  तपाईंले आशा गरे बमोजिम नै हुन्छ । कसले के भन्छ, त्यो बजारको हल्ला मान्नुस्, भन्दै वर्तमान समिकरण लामै जानेमा ढुक्क हुन विश्वास दिलाएका छन् ।

ओली गएको जेष्ठ ७ गते सम्पन्न नेकपा एमाले बाजुराको आठौं जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचित भएलगत्तै ओलीले राजनीतिकसँगै विकास निर्माणका लागि संघ प्रदेशसम्म दौडधुप थालेका छन् ।

प्रतिक्रिया