गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:४६
Dho

शिक्षकबाट राजीनामा नदिएर नाथद्धारा काँग्रेसबाट उपाध्यक्षका लागि उम्मेदवारी दर्ता

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, चैत २४, २०७८
शिक्षकबाट राजीनामा नदिएर नाथद्धारा काँग्रेसबाट उपाध्यक्षका लागि उम्मेदवारी दर्ता

बाजुरा : आसन्न  बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा रानीतिक दलहरुले उम्मेदवार छनोट गर्न थालेको छ । जिल्लाका ९ वटै पालिका र ६९ वडामा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका दलले उम्मेदवारी छनोट गर्न दौड धुपमा छन् ।  

पार्टीले उम्मेदवारी छनोटका लागि उम्मेदवारी दर्ता कार्य पालिका स्तरमा नै गर्न थालेपछि खप्तड छेडेदह गाउँपालिकाको उपाध्यक्षमा नेपाल शिक्षक संघकी सदस्य तथा ब्रहमदेव आधारभुत विद्यालयकी बाल विकास सहजकर्ता सारा नाथले  गाउँपालिका उपाध्यक्ष पदका  लागि उम्मेदवारी दर्ता गराएकी छन् । 

 शिक्षक पेशामा संलग्न नाथले पेशाबाट राजीनामा नै नगरी  नेपाली काँग्रेस खप्तड छेडेदह गाउँपालिका उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएको गाउँ कार्य समिति सभापति हर्कबहादुर रावतले हस्ताक्षर गरेको सूचनामा  नाथको नाम उल्लेख छ । 

विगत लामो समयदेखि शिक्षक पेशामा रहेकी नाथले शिक्षा विकास तथा समन्वय इकाईमा राजनीनमा पेश नै नगरी पार्टीको उम्मेदवारीमा दर्ता गराएका हुन् । यता शिक्षा विकास तथा समन्वय इकाई बाजुराका प्रमुख हर्कबहादुर सिंहले स्थायी जागिर भएका शिक्षकले कुनै पनि दलको उम्मेदवार बन्न नपाउने  बताएका छन् । 

स्थायी जागिर भएका शिक्षकले आचार संहिता उल्लघन गरेको कार्यालयमा उजुरी आए सम्बन्धित विद्यालयलाई सो विषयमा पत्र पठाउने बताएका छन् । पेशाको मर्यादा विपरित कार्य गर्ने स्थायी जागिरे शिक्षकलाई कानुनले कुनै पनि दलको  उम्मेदवार हुन नपाउने प्रावधान रहेको छ । तर जिल्लामा भने स्थायी जागिरे भएका शिक्षक नै पार्टीको उम्मेदवारमा प्रत्यक्ष संलग्न रहेका छन् । 
 

प्रतिक्रिया