गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:२९
Dho

फेरीले जोड्यो स्वामीकार्तिकलाई सडक सञ्जालसँग

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, चैत १४, २०७८
फेरीले जोड्यो स्वामीकार्तिकलाई सडक सञ्जालसँग

सडक सञ्जालसँग नजोडिएको स्थानीय तह हो भनेर चिनिन्थ्यो बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका, जहाँ पालिका भित्रकाको विभिन्न स्थानमा सडक त पुगाउन सफल भयो, तर कर्णाली नदीका कारण पालिकालाई सडक सञ्जालसँग जोड्न असफल हुँदै आएको थियो । कर्णाली नदी पारीको पालिका स्वामीकार्तिक हालसम्म सडक सञ्जालसँग नजोडिनु एक मात्र कारण हो, कर्णाली नदी, कर्णाली नदी वारी अथवा पिलुचौरबाट गाडी नदीमा वारपार गर्न नसक्ने भएपछि हालसम्म यातायातका साधनहरु चल्न सकेका थिएन् । 

कर्णाली पारीको पालिका भएकै कारण अहिलेसम्म सडक सञ्जालसँग जोडिएको थिएन्, अब यो बाध्यता भने फेरीले हटाएको छ । स्वामीकातिक खापर गाउँपालिकाले फेरी सञ्चालन गरेसँगै पालिका सडक सञ्जालसँग जोडिएको छ । बाजुरा जिल्लाकै दुर्गम तथा पीछडिएको क्षेत्रको रुपमा चिनिने स्वामीकार्तिक यातायातको पहुँचबाट समेत बाहिर रहेको थियो, गाउँपालिकाको लामो समयसम्मको प्रयासपछि सडक सञ्जालसँग जोडिएको हो ।

फेरी सञ्चालमा आएपछि आवतजावत गर्न सहजता भएको छ । हिडेर स्वामीकार्तिक पारी अथवा कर्णाली नदीको झोलुङ्गे पुल तरेर मात्र गाडी चढ्न पाउँने त्यहाँका स्थानीय हाल गाउँ–गाउँबाट नै गाडीमा यात्रा गर्न पाएका छन् । कर्णाली नदीले गर्दा सडक सञ्जालसँग जोडिएको थिएन्, यसले गर्दा हामीलाई धेरै दुःख थियो, दैनिक उपभोग्य सामग्री महङ्गोमा किनेर खानु पथ्र्यो, हिडेर पीलुचौर बजार पुगे मात्र गाडी चढ्न पाउथ्यौं अब यो समस्या हटेको स्थानीय मानबहादुर रोकायाले बताएका छन् ।

फेरी सञ्चालमा ल्याएर पालिकामाम गाडी गुड्न थालेपछि धेरै सुविधा भएको उनी बताउन्छन्, धेरै महङ्गो चामल, नुन, तेल सस्तो भएको छ, गाडीमा सामान ढुवानी गरेर घरमै पुगाउन्छौ, चामल लगायतका खाद्यान्न सामग्री पीलुचौरबाट तीन÷चार घण्टा (ठाडो) उकालोमा ५० केजी पुठ्युमा बोकेर लिदाको पीडा, सुत्केरी महिलाहरुलाई बोकेर ल्याउँनुको पीडा, आजभोली भुल्ने दिन आयोको छ,(भुलिएको छ) यसप्रति धेरै खुसी हुनुको साथै सहज भएको स्थानीय रोकाया भने । काम विशेषले सडक सञ्चालसँग जोड्न ढियो भयो अझै जाडै हुनुपथ्र्यौ, एक दुई वर्ष अगाडी नै सम्पन्न भईदिएको भए थप सहज हुन्थ्यो जेहोस ढिलो भएपनि सुविधा भएको छ, सडक सञ्जालसित स्वामीकार्तिक जोडिएको त्यसैले हामी खुसी छौ उनले बताए ।

यातायातको सुविधा नहुँदा धेरै पछाडी परिएको स्थानीय योगेन्द्र शाहीले सुनाए, फेरी सञ्चाल आएसँगै स्वामीकार्तिकका बासिन्दालाई धेरै सहज भएको शाहीले बताएका छन् । फेरी निर्माण गरी सञ्चालनमा ल्याई यातायातका साधनहरु सुचारु भएपछि सामग्री ढुवानीमा सहजता छ, विकास निर्माण सामाग्री सयममै ढुवानी नहुँदा निर्माण कार्यमा समेत बाधा पुग्ने स्थिति थियो त्या समस्या पनि अहिले हल हुने गरेको उनको भनाई रहेको छ ।

No description available.फेरी निर्माण गरी फागुन ३० गतेबाट सञ्चालनमा ल्याएको हो । गाउँपालिकालाई सडक सञ्जालसँग जोड्न २०७६ साल असारबाट फेरी निर्माण कार्य सुचारु गरेको थियो । स्वामीकार्तिक खापर गाउँपालिको केन्द्र सुईजीउँला वाई र जगन्नाथ गाउँपालिकाको पिलुचौरको बिचमा फेरी जडान गरी सञ्चालनमा ल्याईएको छ । फेरी १ करोड ९२ लाख ५४ हजार बढी लागतमा निर्माण भएको हो । सुनन्दा मष्टेश्वरी निर्माण सेवासँग सम्झौता भएको थियो, सुनन्दा निर्माण सेवाले काम सम्पन्न गरी फेरी सञ्चालनमा ल्याएको छ ।

गाउँपालिकाको आफ्नै लगानीमा निर्माण कार्य सुरु गरेको करिब दुई वर्षपछि सञ्चालनमा ल्याउन सफल भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत पारश बहादुर शाहीले बताएका छन् । यातायातको पहुँचामा पुर्याउने लक्ष्यसहित कर्णाली नदीमा फेरी निर्माण गरी सञ्चालनमा ल्याई गाउँपालिकालाई सडक सञ्जालसँग जोडेको उनले बताए । फेरी सञ्चालमा आएपछि स्वामीकार्तिक खापर गाउँपालिकाका वडा नम्बर एकदेखि पाँचसम्मका वडामा यातायात सुचारु भएको शाहीले बताएका छन् ।

फेरी बोर्डको क्षमता कति र कहिलेसम्म सुचारु हुन्छ ?

कर्णाली पारी रहेको स्वामीकार्तिक खापर गाउँपालिकालाई सडक सञ्जालसँग जोड्नका लागि कर्णाली नदीमा निर्माण गरिएको फेरीको क्षमता करिब १० टन बराबर बोक्न सक्ने क्षमता रहेको सुनन्दा निर्माण सेवाका ठेकेदार धर्मेन्द्र सिंहले बताएका छन् । बोर्डमा नबोकी सकिने विकास निर्माण सामाग्रीहरु सजिलै तान्न सक्ने क्षमता फेरीको रहेको उनले बताए ।

फेरी सञ्चालन वर्षातको समय अर्थात असार, साउन र भदौ महिनामा बन्द हुने र यी बाहेकका अरु महिनामा भने सञ्चालन भईरहने सिंहले बताएका छन् । बर्षातका कारण कर्णाली नदीमा ढुङ्गा मुडा बगाएर ल्याउने तथा भेला  आउने भएकोले त्यतिबेला बन्द हुने उनको भनाई छ ।  

सडक प्रयाजसो सबै वडामा पुगिसकेको भएपनि कर्णाली नदीले गर्दा यातायातका साधनहरु सञ्चालनमा आएका थिएन्, सडक विस्तार भएका वडाहरुमा यत्तिबेला भने नियमित यातायात सञ्चालन भईरहेका छन् । पालिकालाई सडक सञ्जालमा जोड्न धेरै प्रयास जारी गर्दा गर्दै अहिले सफल भएको अध्यक्ष चिरञ्जीवि शाहीले बताएका छन् । फेरी सुचारु भएपछि सडक विस्तार भएका प्रत्येक वडामा सवारी साधन पुगेको उनले बताए ।

सामान लिन, गाडी चढ्न सधै पारी पिलुचौर जानु पर्ने बाध्यताको टरेपछि स्थानीय पनि खुसी भएका छन् । आर्थिक आयआर्जनमा निकै पछाडी रहेको उक्त गाउँपालिका सडकसँग जोडिएपछि आर्थिक स्तर वृद्धी हुने समेत विश्वस लिएको छ । गाउँपालिकालाई बाह्रै महिना सडक सञ्जालसित जोड्नका लागि अन्य प्रक्रिया पनि अगाडी बढाएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया