गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०९:५७
Dho

मेल्लेखमा एभोकाडो खेती : कृषकहरुको एक घर दुई विरुवा नि:शुल्क वितरण अभियान

राेहित वि.क.
सोमबार, भदौ ११, २०८०
मेल्लेखमा एभोकाडो खेती : कृषकहरुको एक घर दुई विरुवा नि:शुल्क वितरण अभियान

अछाम : अछाम जिल्लाको मेल्लेख गाउँपालिकामा एभोकाडो खेती विस्तारको लागि कृषकको प्रत्येक घरमा एक घर दुई विरुवा निःशुल्क वितरण गर्ने अभियान आईतवारदेखि सुरु गरेको छ । मेल्लेख गाउँपालिका कृषि विकास शाखाले मेल्लेखको सुयडिमा नर्सरी  उत्पादन गरि एभोकाडो विरुवा कृषकको घरमै पुगेर निशुल्क वितरण गर्ने अभियान सुरु गरेको हो । 

सोहि क्रममा पालिकाको  वडा न. ८ हात्तिकोटका २ सय ७२ जाना कृषकलाई ५ सय ४४ वटा एभोकाडो विरुवा निःशुल्क वितरण गरिएको कृषि विकास शाखा अधिकृत मदन साउदले बताएका छन । 

पहिलो चरण वडा न.८ हतिकोट वडा न.५ बिन्धेवासनी,वडा नं.४ कुस्कोटमा वितरण गरिने जनाएको छ । क्रमशः पालिकाको सबै वडामा एभोकाडो विरुवा विस्तारको लागि कार्यक्रम तयार भैसकेको मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला (सिंह) साउँदले बताएकी छन् ।

नेपालीमा घिउ फल भनिने एभोकाडो मेल्लेखमा कृषि विकास शाखाले विउ खरिद गरि पोलिव्यगमा नर्सरी उत्पादन गरेको थियो । एभोकाडो हर दृष्टिले महत्वपूर्ण फलफूल बाली हो । भोक र रोग प्रतिरोधको दृष्टिले यसको फाईदा धेरै हुन्छ । यसको रुख तीनतले खेतीका लागि पनि उपयुक्त छ । एभोकाडो मुनि अदुवा, खुर्सानी, बेसार, जडीबुटीलगायतको खेती गर्न सकिन्छ । 

No description available.एभोकाडो बातावरणीय हिसाबमा समेत निकै फाइदाजनक छ । बाह्रै महिना हरियो रहने भएकोले यसलाई कार्बन नियन्त्रणमा निकै फाइदाजनक मानिन्छ । एभोकाडो धेरै उत्पादन भए क्रिम, बटर, साबुन, तेल, मायोनेज सस, वाइन लगायतका भ्यालु एडेड चिजहरू बन्छ । एभोकाडो खेती पनि अरू बालीको तुलनामा निकै सजिलो र लागत कम हुने भएकोले कृषकका लागि पनि यो निकै फाइदाजनक साबित हुने  भएको छ ।  

यो बालीले नयाँ प्राविधिक उत्पादनको आहृवान गरिरहेको छ । एभोकाडो खेती पद्धतिमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न हुने सबैलाई अवसर नै अवसर रहेको मेल्लेख गाउँपालिका उपाध्यक्ष नृप बहादुर खड्काले बताएका छन् ।  

एभोकाडो मेल्लेख गाउँपालिकाको लागि नयाँ फल भएकोले यो फलको महत्व धेरै भएको प्रमुख प्रशासकीय अधिकृत ध्रुव प्रसाद सापकोटाले जानकारी दिएका छन् । एभोकाडोको व्यावसायिक खेतीका लागि मेल्लेख गाउँपालिका कृषि प्राबिधिक लोकेन्द्र साउँद, प्रेम बहादुर बुढा, सुमन चौधरी लगायत कृषकको टोल टोलमै पुगेर एभोकाडो वितरणका साथै  सहजीकरण गरिरहनु भएको छ । 

प्रतिक्रिया