गाैमुल खबर डटकम बिहीबार २९, फागुन २०८१ १०:५२

राष्ट्रपति डाेनाल्ड ट्रम्पले लिए सपथ, सम्हाले अमेरिकाकाे बागडाेर

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, माघ ०८, २०८१
राष्ट्रपति डाेनाल्ड ट्रम्पले लिए सपथ, सम्हाले अमेरिकाकाे बागडाेर

काठमाडौं : अमेरिकाको ४७औं राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले सपथ लिएका छन्। सोमबार क्यापिटल हिलमा आयोजित भव्य समारोहमा राष्ट्रपति ट्रम्पले सपथ लिएका हुन्। उनको सपथ ग्रहण समारोहमा पूर्व राष्ट्रपति जो बाइडेन, जर्ज बुस, बिल क्लिन्टन, बाराक ओबामा, विभिन्न देशका राष्ट्र प्रमुख र विश्वकै धनाढ्य व्यक्तिहरूको उपस्थिति रहेको थियो। समारोहमा चर्चित स्टारहरू पनि सहभागी थिए।

समारोहमा एलन मस्क, मार्क जुकरवर्ग, सुन्दर पिचाइलगायत पनि सहभागी थिए। सपथग्रहण गर्नुअघि ट्रम्पले आफैंले तोडेको परम्परालाई पुनःर्जीवन दिएका थिए। उनले ह्वाइट हाउसको उत्तरी पोर्टिकोमा रहेको बाइडेन निवास पुगेका थिए, जहाँ वर्तमान राष्ट्रपति बाइडेनलाई उनलाई स्वागत गरेका थिए।

अमेरिकामा नवनिर्वाचित र वर्तमान राष्ट्रपतिबीच चिया परम्परा रहँदै आएको छ। सन् १८३७ मा राष्ट्रपति मार्टिन भ्यान बुरेन र एन्ड्रयू ज्याक्सनबाट यो परम्परा सुरु भएको थियो। तर, २०२१ मा बाइडेन राष्ट्रपति निर्वाचित हुँदा ट्रम्पले चिया परम्परालाई तोडेका थिए। उनले बाइडेनलाई चिया निम्तोमा नबोलाई सत्ता हस्तान्तरण गरेका थिए।

गत नोभेम्बर ६ मा डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प राष्ट्रपतिमा विजयी भएका थिए। अमेरिकाको लोकप्रिय मतसहित उनी दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका थिए। यसअघि बाइडेनसँग पराजित भएका ट्रम्प सन् २०१३ मा हिलारी क्लिन्टनलाई पराजित गर्दै अमेरिकाको ४५औं राष्ट्रपति बनेका थिए।

प्रतिक्रिया