गाैमुल खबर डटकम बिहीबार २९, फागुन २०८१ ०२:१४

सुदूर पहाडको मौलिक पर्व भुवाको रौनक सुरु

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, पुष १५, २०८१
सुदूर पहाडको मौलिक पर्व भुवाको रौनक सुरु

बाजुरा : सुदूरपश्चिमका पहाडी जिल्लामा सामाजिक एकता र सद्भाव बाँड्ने जीतको पर्व भुवाको रौनक सुरु भएको छ । भुवा पर्व पुषे औंसीको दिनदेखि सुरु हुन्छ । यो पर्वलाई सुदूरपश्चिम र कर्णाली प्रदेशका अधिकांश जिल्लाका स्थानीयले बडोमहत्वका साथ मनाउने गरेका छन् ।

सामाजिक सद्भाव, आपसी एकता र जीतको खुसी बाड्ने पर्वका रुपमा यहाँका स्थानीयले भुवा पर्वलाई परापूर्व कालदेखि नै मनाउने गरेका छन् । जात, धर्म र भाषाका कारण प्राय गाउँहरु अलग र फरक जस्ता देखिन्छन् । मान्छेका मन जोड्न, समाजलाई एकतावद्ध बनाइ राख्न जरुरी हुन्छ ।

तीनै गाउँहरुलाई जोड्न सामाजिक मेलापर्व र सँस्कृतिले भूमिका खेलेको हुन्छ । सामाजिक सद्भाव र एकतामा ती चाडपर्व र सँस्कृतिहरुको भूमिका महत्वपूर्ण रहनन्छ । भाषा, धर्म, जातकै कारणले अनेकतामा बाँडिएको समाजलाई एकतावद्ध बनाइराख्ने मेला पर्वलाई नै साँस्कृतिक र सामाजिक पर्व भनिन्छ ।

त्यही पर्वको रुपमा मनाइने भूवा पर्व सोमबार (आज)बाट सुरु भएको छ । गाउँमा धेरै थरका मान्छेको बसोबास हुन्छ । जात व्यवस्थाले बाँडेको सबै वर्गको प्रतिनिधित्व हुन्छ । तर भूवा पर्वमा त्यो कुनै रंग देखिदैन् । कुनै वाडा, टोल र थरले कुनै अर्थ राख्दैनन् ।

त्यही एकता र सद्भाव बाँड्ने पर्व भुवा हो, भन्छन्, बडीमालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्याय । भुवा पर्व बाजुरा, बझाग, अछाम, डोटी, मुगु, जुम्ला, हुम्ला, कालिकोट सहीतका जिल्लामा भव्य रुपमा मनाइने गरेको छ । आपसी एकता र सद्भावका लागि भुवा पर्व नमुना पर्व हो । भुवा पर्वले न आस्था विचारले प्रभाव राख्छ ।

न जात धर्म र वर्गको नै कुनै अर्थ रहन्छ । सबै जना एउटै लस्करमा चाली, एउटै भाकामा मागल लगाउने र खुसी बाँड्ने गर्दछन् । सबै समान जस्तै लाग्छन्, सबै एउटै अनेकतामा एकता सहीत मानवता भुवा पर्वमा देखिने गरेको ब्रह्तोलाका तुला थापाको भनाई छ । चुनावमा लडाइ हुन्छ ।

पार्टीमा मन र मत विभाजित हुन्छन् । खेती किसानीमा तेरो मेरो हुन्छ, तर त्यो सबै विभाजनलाई एकतामा ल्याउने काम भुवाले गर्ने गरेको छ । समाजमा बस्दा अगल भएका मन, आपसी विवादमा कुँडिएका भावना, छिमेकी हुँदाको सानो विषयमा गुनासो हुँदा दुखेको दिल, भूवा पर्वले एकै ठाउँमा जोडिदिने गरेको छ ।

भुवा पर्व प्राचीन संस्कृति हो । प्राचीन युद्धको भाका हो । कौशलताको प्रदर्शनी हो । जसको आफ्नै मौलिक विशेषता छ । जहाँ मानव पहिचानको वास्तविकता जोडिएको छ । समाजको एकता र सद्भाव अनि भाइचारा गाँसिएको भन्छन्, पूर्व प्रतिनिधी सभा सदस्य लालबहादुर थापा । थापा स्वयमका गाउँमा भूवा पर्वलाई बिशेष महत्वका साथ मनाउने गरिन्छ ।

साविकको सिंगो गाविस र हालका २ वटा वडाका स्थानीय एकसाथ भुवा पर्व मनाउने चलन छ । भूवा पौराणिक कथामा आधारित मौलिक अनि साँस्कृतिक पर्व हो । जुन पराचित सभ्यता र मानव जातिको मौलिक पहिचानसँग जोडिएको साँस्कृति आस्थाको पर्व पनि हो । बाजुरा सहीत सुदूरपश्चिमका पहाडी जिल्ला र छिमेकी देश भारतमा पनि भूवा पर्व मनाउने गरिन्छ ।

भूवा पर्वलाई जहाँ मनाउने गरिन्छ, त्यहाँका स्थानीयले बिशेष महत्व दिने गर्दछन् र उत्साह पूर्वक मनाउने गरिन्छ । महाभारतको कथामा कौरव र पाण्डवबीचको लडाइ र रामायणको कथामा राम र रावणको युद्ध दुस्मनीसँग यो पर्वको अन्तरसम्बन्ध देखिन्छ । महाभारतको कथा उल्लेख गरिएको पाण्डव र कौरवको युद्ध गाथामा आधारित छ, भूवा पर्व ।

यहाँका स्थानीयको आस्था र आकर्षण हेर्दा, लाग्छ, भूवा पर्व नै यहाँको मानव सभ्यता र सँस्कृति हो । जितको पर्व, एकताको पर्व अनि सद्भावको पर्वको रुपमा यहाँका स्थानीयले भूवालाई स्थान दिने गरेका छन् । भू क्रियामा आ प्रत्यय लागेर निर्माण भएको भुवालाई भूको अर्थ पृथ्वी र आको अर्थ चारैतिर भनेर व्याख्या गरिएको छ ।

जसलाई पृथ्वीको चारैतिरको रमाइलो वा खुसीयाली छाउने अर्थका रुपमा ब्याख्या गरिएको भनाई भुवाका जानकारी गगने विकको छ । महाभारतको युद्धमा पुरुषहरु मात्र प्रत्यक्ष लडाइमा सहभागि थिए । लडाइ लडेका यौद्धाहरुले जब युद्ध जिते, अनि खुसीयाली बाँड्डै उत्सव मनाए, त्यही खुसीयालीको उत्सवलाई नै भूवा पर्व भनिएको पाइन्छ । यस्लाई पुरुषको पर्वका रुपमा पनि लिइन्छ ।

तर पछिल्लो समय महिला पनि भुवा चालीमा सहभागि हुने र रमाउने गरेका छन् । स्वर्ग लोकका राज इन्द्रलाई खुसी पार्नकै लागि भूवा पर्व मनाएको भन्ने पनि अर्को किवदन्ती छ । जुन सभ्यता कर्णाली प्रदेशको जुम्ला जिल्ला र खस सभ्यतासँग जोडिएको छ । भूवाको सुरुवादको मागल वा अन्य गीत गाथामा पनि इन्द्रलोक र इन्द्र भगवानकै ब्याख्या गरिएको र गुणगान गाइएको पाइन्छ ।

भैले पूर्णिमाको दिनबाट सुरु गरिएको विजयी उत्सव पूसे औंसीको दिन औपचारिक उत्सव समारोहमा परिणत गरिएको देखिन्छ । भुवाको सुरुको दिनको राती अर्थात औसीको दिन राँके जुलुस निकालिन्छ ।

रातभरी युद्ध गाथा, विजयी हुँदा सुखद अनूभूति, जित पछिको खुसीको वर्णन गरिएको मागल र गौरव गाथाहरु गाउँने गरिन्छ । कामका लागि प्रवाश गएका, घर नभएका बाहेक सबै महिला पुरुष भुवामा रमाउने गरेका छन् । केही गाउँमा त, महिनादिनभरी भुवा पर्व मनाउने गरेका छन् ।

भने हाल सुदूरपश्चिमको राजधानी धनगढीमा पनि हरेक वर्ष तीन दिन भुवा पर्व मनाउने गरिएको छ । त्यो बेला खुसीको अर्थ उज्यालो भन्ने हुन्थ्यो । त्यही उज्यालोको सन्देशले जितको खुसी बाँड्न राँके जुलुस गर्ने गरियो ।

भूवा पर्वमा त्यही प्रथाले निरन्रता पाइरहेको छ । रातीको समय चिसो मौसमका कारण बस्न समस्या हुने हुँदा काठका मुडा संकलन गरेर, बाल्ने गरिन्छ । पुसे औंसीको राति भुवाखाडोमा आगो बालेपछि यो पर्व सुरु हुन्छ । स्नान गरी बालिएको आगो तापेर घरमा मीठो–मसिनो खाना बनाइ खाइन्छ ।

सोही रात र प्रतिपदाका दिन लत्ताकपडा धुने र आफ्ना ढाल तरबारलाई चम्किलो बनाउने काम गरिन्छ । ढाल कालोले रङ पोतिन्छ भने तरबारलाई धारिलो र चम्किलो बनाइन्छ । भूवा पर्व तीन देखि पाँच दिनसम्म मनाउने गरिएको छ । जुन अवधीभर रातभर गीत मागल, युद्ध गाथा र कथा सुनाउने र दिनमा युद्ध कला प्रर्दशन गर्ने र भूवा चाली नाच देखाउने गरिन्छ ।

दमाहाको तालसँगै एक हातमा तरबार र अर्को हातमा ढाल नचाइने यो पर्वमा गाउँबेसीमा युद्धकालीन कौशलताको झल्को दिने झाँकी प्रदर्शन हुन्छन् । खासमा त्यो भुवा पर्वको उल्लास हो । पञ्चेबाजाका साथ हातमा तरवार ढाल लिएर खेल्ने, अवधिभर मीठो मसिनो पकाएर खाने अनि भगवान कृष्ण, स्वर्गका राजा इन्द्र, राम रामायण र पाण्डव गौरव गाथा गाउने गरिन्छ ।

देश विदेश गएका, काम विशेष बाहिरिएका र गाउँ छोडेकाहरु पनि यो पर्व हुँदा घर फर्किने गर्दछन् । जुन पर्वले पारिवारीक मेलमिलाप र सामाजिक एकतालाई जोड्न सघाउ पुर्याएको छ ।रामायणले सितालाई हरणगरेपछि रामले सीता आफ्नो पक्षमा पार्न विभिन्न कला कौशल अपनाए ।

तर रामायणले पनि आफ्नो शक्ति देखाइ रहे, र दुबै आफ्नो पक्षले पार्न र युद्ध आफूले युद्ध कला कौशल प्रर्दशन गरे, हरेक बाहना र रुप धारण गरेर दुत पठाए त्यही कथा र प्रसंगलाई ब्रह्मतोलामा खेलीने भुवानाच सँगै हरिनो पर्वका रुपमा देखाउने गरिएको छ । हरिनको चालमा बाघ, भालु, बाँदर, सहीत दर्जनौ जंगली जनावरको रुप धारण गरेको कथासँग मिल्ने गरि हरिनो पर्व स्थानीयले बडो उत्साह र उत्सवका रुपमा मनाउने गर्दछन् ।

दुई वर्षको फरकमा पर्व मनाउने गरिन्छ । समाजमा धेरै पर्व र सँस्कृति छन् । सबैको आफ्नै बिशेषता र महिमा छ । सबैसँग स्थानीयको समान आस्था र आकर्षण छ । तर भूवा अरुभन्दा थप बिशेष र महत्वको पर्व हो । समाजमा सकारात्मक भाव फैलाएको छ ।

समानताको सन्देश दिएको छ । सबै एकै जाति भनेर चिनाएको छ । यसपर्वमा गाउँमा छैट खेल्ने चलन पनि छ । घरको जेठो छोरा जन्मेको एक वर्ष पुरा गरेपछि उसको घरमा गएर छैट माग्ने चलन छ ।

छैठमा घरको आँगनमा भगवान श्रीकृष्णको गाथा गाउने, बच्चालाई गाउँका ठूलाबाडा मान्यजनले आर्शिबाद दिने र घरको मान्छेले सबै गाउँले बोलाएर भोज गर्ने चलन यस पर्वको अर्को विशेषता हो । जुन कुरा अहिले छोरीका नाममा पनि भोज दिने चलन बढेको छ ।  

प्रतिक्रिया