गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:३२
Dho

नारी दिवस र नेपाली समाज

गाैमुल खबर गाैमुल खबर
बिहीबार, फागुन २४, २०८०
नारी दिवस र नेपाली समाज

बाजरा : धनकि देवी लक्ष्मी, विद्याकी देवी सरस्वती र शक्तिकी देवी दुर्गा भनेर नारीलाई पूजा गर्ने हाम्रो नेपाली समाज महिलालाई भने पुरुषले समान व्यवहार गर्न सकेको छैन् ।

शुभ बिहानीसँगै ताजा खबरहरुको संगालोको रुपमा आउने पत्रपत्रिकाहरुले दैनिकजसो महिला हिंसा, विभेद र शोषणका घटना बोकेर आएको हुन्छ । जन्म उत्सवदेखि मृत्यु संस्कारसम्म भेदभाव र अपहेलना गरिन्छ ।

हाम्रो समाजले अवलम्बन गर्ने धार्मिक एवं साँस्कृतिक मान्यताले नै महिला र पुरुषलाई असमान गराई विभेद गरेको तितो यथार्थ यो कलिलो मानसपटलमा बसिरहेको छ ।

आजको २१ औँ शताब्दीको यो वैज्ञानिक एवं विश्व भूमण्डलीकरणको युगमा समेत पितृ सत्तात्मक सोच, अशिक्षा, गरिबी, विभेदपूर्ण कानुनका कारण जबरजस्ती करणी, यौन दुर्वयवहार एसिड आक्रमण, आगो लगाउने, घरेलु हिंसा, सामाजिक अपहेलना, दाइजो प्रथा जस्ता अमानवीय व्यवहार सहन बाध्य भएका छन् नेपाली महिला । 

हाम्रो समाजले एक रथका दुई पांग्रा र एक सिक्कामा दुई पाटाको रुपमा नारी पुरुष समान भनी आवाज उठाए पनि व्यवहारमा भने सो दर्जा दिन सकेको छैन् । प्रत्येक वर्ष मार्च ८ मा मनाइने अन्तर्राष्ट्रिय नारी दिवस कुनै उत्सव नभई उत्पीडित महिलाको लैंगिक हिंसा विरुद्धको आवाज हो ।

महिला हिंसा अन्त्य गरी भयरहित वातावरणमा महिलाले जीवन जिउन सक्ने अवस्थाको सृजना गर्नु यस दिवसको परिलक्ष्य हो । राजनीतिक तवरबाट सुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र समानता आदि सवालहरू अन्तर्राष्ट्रिय महिला दिवसका विषयहरू हुने गरेका छन् । 

माया कुँवर, उप–प्रमुख, बुढीगंगा नगरपालिका बाजुरा
 

प्रतिक्रिया