बाजुरा ःबाजुराको बडीमालिका नगरपालिका-७ का गोपाल विक इजरायलको हाइफा सहरस्थित नेपाली भाषीहरूको फुटबल क्लब Seven Star Haifa Football Club मा छनोट भई आबद्ध हुनुभएको छ।
विदेशी भूमिमा रहेर पनि खेलकुद क्षेत्रमा आफ्नो प्रतिभा प्रस्तुत गर्दै क्लबमा आबद्ध भएका छन् । विकको यस उपलब्धिले बाजुराको खेलकुद क्षेत्रमा थप टेवा पुग्ने छ। उहाँको छनोटले खेलप्रति लगाव, निरन्तर मेहनत र प्रतिभाको महत्त्वलाई समेत उजागर गरेको छ।
बाजुराको बडीमालिका नगरपालिका-७ बाट इजरायलसम्म पुगेर फुटबल क्लबमा आबद्ध हुन सफल हुनुभएका गोपाल विकलाई स्थानीयवासी, शुभचिन्तक तथा खेलप्रेमीहरूले बधाई दिँदै आगामी खेलजीवनको सफलताका लागि शुभकामना व्यक्त गरेका छन्।
गोपाल विकको यो उपलब्धि व्यक्तिगत सफलतामा मात्र सीमित नरही बाजुराको पहिचान र गौरवसँग पनि जोडिएको छ। आगामी दिनमा उहाँले उत्कृष्ट खेल प्रदर्शन गर्दै आफ्नो प्रतिभा थप निखार्न र नेपाली समुदायको नाम उजागर गर्न महत्त्वपूर्ण भुमिका खेल्ने बिश्वास गरिएको छ।





प्रतिक्रिया