बाजुरा ः जगन्नाथ गाउँपालिका-३ जुड्डीमा होटेलमा पानी छोएको निहुँमा दलित समुदायका बालबालिकालाई जातीय विभेद गरिएको छ । होटेलको साउनीले पानी छोएको भन्दै बालबालिकाहरुलाई सामाजिक रुपमा खलल पुर्याउने शब्द प्रयोग गर्दै गालीगलौज गरेको पीडितले बताएका छन् । स्थानीय होटेल व्यवसायी बाँचा भण्डारीले पानी छोएको भन्दै गाली गरेकी हुन् ।
जगन्नाथ गाउँपालिकाको केन्द्र रहेको जुड्डीमा दलित समुदायका बालबालिका माथि जातीय विभेद गरिएको हो । सोही वडाको बेर्ना गाउँका ३ जना बालबालिकालाई पानी छोएको भन्दै जातीय विभेद गरिएको हो । उता ईलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक रमेश रावलले बालबालिकाहरुले पानी पिएको र साउनीको छोरीलाई जिस्काएको भन्ने आएको तर यथार्थ कुराका लागि दुबै पक्षलाई छलफलमा बोलाएको बताएका छन् ।
घटना स्थलमा रहेका अन्य प्रत्यक्षदर्शी र दुबै पक्षसंग छलफल गरेर यथार्थ कुरा बुझ्ने बताएका छन् । जातीय विभेदमा परेका स्थानीय प्रेम विकले जातीय विभेद किन गरेको भनेर भन्दा साउनीको छोरी आमाको बचाउमा लागेपछि कान्छी तिमी नबोल बहिनी भनेको प्रतिक्रिया दिएका छन् ।
कथित माथिल्लो जातका भनिनेहरुले यो शदाब्दीसम्म पनि विभेद गर्ने मानसिकता अझै त्याग्न सकिरहेका छैनन् । कथित माथिल्लो जातकीजातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभाव (कसुर र सजाय) ऐन २०६८ तथा जातीय भेदभाव तथ छुवाछूत (कसुर र सजाय) नियमावली २०७४ ले प्रथा, परम्परा, धर्म, संस्कृति, रीतिरिवाज वा अन्य कुनै नाममा उत्पत्ति जातजाति वंश समुदाय, पेसा वा व्यवसाय वा शारीरिक अवस्थाका आधारमा छुवाछूत तथा भेदभाव गर्न नहुने भन्यो ।
नियमावलीले प्रत्येक व्यक्तिको समानता स्वतन्त्रता सम्मानपूर्वक बाँच्न पाउने अधिकारलाई पनि स्थापित ग¥यो । जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा १२ मा समान व्यवहार गर्नुपर्ने भन्यो । श्रम ऐन २०७४ को दफा ६ ले पनि भेदभाव गर्न नहुने भन्यो । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ ले समेत कसैलाई निजको उत्पत्ति धर्म, वर्ण, जातजाति, लिङ्ग, समुदाय, पेसा, व्यवसायको आधारमा भेदभाव गर्न नपाइने भन्यो ।
सदियौंदेखि जातीय छुवाछूतको चरम सिकार भोग्दै आएको दलित समुदाय राज्यकै व्यवहारबाट सन्तुष्ट छैन । जातीय विभेदलाई संस्थागत टेवा दिने मनुस्मृतिलाई जस्ताको तस्तै समाज व्यवहारमा उतार्न खोज्ने जमात छँदै छ । जातीय विभेदमा परेका, पारिएका दलितलाई कानुनको ढोकासम्म पुग्न नदिनेहरू देखिएकै छ ।
नीति र कानुनले मात्र जातीय विभेदको समूल अन्त्य गर्ने आशा गर्नु बेकार छ । व्यक्तिगत तहदेखि समाज, समुदाय, राष्ट्र तहसम्मको नसा–नसामा जात व्यवस्थाको रगत अझै सञ्चार भइरहेको छ । जसका कारण सामाजिक अपराधयुक्त व्यवहार मानिएको जातीय विभेद दलितले भोगिरहेका छन् ।
जात व्यवस्थाभित्र नजानिँदो गरी हुर्किरहेको संकीर्ण मानसिकताको धमिराले विभेदमुक्त समाजको सपनालाई तुहाइरहेको राज्यलाई पत्तै छैन । सामाजिक प्रतिष्ठाको खोल ओढेर दलित जातिमाथि हुने विभेदलाई मलजल गर्नेहरूको भीड समाजमा बढीरहेको छ ।
प्रतिक्रिया