बाजुरा : जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले अहिले अन्दोलित शिक्षकहरुलाई महत्वपूर्ण सुझाव दिएका छन् । विगतको सहमति कार्यान्वय र शिक्षा ऐन जारी गर्न २८ दिनदेखि काठमाण्डौं आन्दोलित शिक्षकहरुलाई समाजिक सञ्जाल फेसबुक मार्फत सुझाव उनले दिएका हुन् ।
समन्वय प्रमुख रोकायाले माग जायज भएपनि अहिलेको परिस्थिति कस्तो खालको छ भन्ने कुरा बुझ्न जरुरी रहेको बताएका छन् । देशका शिक्षित र बौद्धिक तक्काका मानिसहरु नै आन्दोलित भएको र राज्यले पूरा गर्नसक्ने अवस्था तथा क्षमता छैन् भन्ने सहजै अनुमान गर्न सुझाव दिएका छन् ।
राज्य चौतर्फिक घराबन्दीमा रहेको बेला शिक्षित वर्गहरुनै आन्दोलित हुने कुरा राम्रो नभएको उनले बताएका छन् । देशमा शिक्षकको मात्र नएर कर्मचारी, स्वास्थ्यकर्मी, सेना, प्रहरी र अर्ध सरकारी संस्थामा कार्यरत व्यक्तिहरुका् समस्या पनि उस्तै रहेको उल्लेख गदै जसको मुख्य कारण कानुनी जटिलता र आर्थिक अभाव रहेको सुझाव लेखेका छन् ।
रोकायाले लेखेका छन् । तपाईं देशका शिक्षित र बौद्धिक तक्का मानिनु हुन्छ, आज सम्म आन्दोलित हुनुहुन्छ । मागहरु जायज छन् यद्यपि परिस्थिति कस्तो छ, भन्ने कुरामा जाउँ । राज्यले पुरा गर्न सक्ने अवस्था छैन् वा भनौं राज्यसंग क्षमता छैन् भन्ने सहजै अनुमान गर्न सकिन्छ । देशमा शिक्षकको मात्र समस्या छैन् कर्मचारी, स्वस्थ्यकर्मी, सेना, प्रहरी र अर्ध सरकारी संस्थामा कार्यरत ब्यक्तिका पनि उस्तै समस्याहरु छन् ।
जसमा कानुनी जटिलता एवं अझठूलो समस्या आर्थिक अभाव हो ! आन्तरिक र बाह्य ऋणको चाङग डरलाग्दो छ । एउटा परिवारलाई उदाहरणको रुपमा लिउँ खानपान, लवाई र जीवनशैलीलाई सहजै अनुमान गर्न सकिन्छ ।
धनी परिवार, गरिव परिवारको बिचको भिन्नता । चाडक्य नीतिले पुत्रश्य गृह शून्य दिशाशुन्यबान्धवा मुर्खस्य हृदय शून्य सर्वशुन्य दरिद्रता भनेको छ । नेपाली उखानमा गरिबका छोरा छोरीको नुनको अन्नि (खाजा)। त्यसैले अबको विद्यार्थी शिक्षित, विकसित, कर्मयोगी र कर्तब्य निष्ठ नागरिक बनाउनमा हजुरहरुको योगदान रहोस् ।
जस्ले गर्दा भाविपिढी योग्य बनोस र समृद्ध देश बनाउन सहयोग पुगोस् । हाल सबैले सर्वहारा वर्गिय जीवन जिउन बाध्यहुनु परेको छ । राम्रो लाउने र मिठो खाने कसलाई मन छैन र ?
हामी सहजै अनुमान गर्न सक्छौ देशको आय अनुसारको ब्यय । अब आधा पेट आएर ईमानदरी बफादारी, जिम्मेवारीका साथ परिश्रम गरि राज्य लयमा नआएसम्म यसैमा सन्तोष हुनुको बिकल्प दखिदैन । अहिलले चौतर्फि घेराबन्दी वा असजिलो पार्नु आगोमा घिउँ थप्नु उस्तै हो । तसर्थ आफ्नो कार्य क्षेत्रमा फर्केर देश र जनताको वा भनौ, सबैको हितानुकूल कार्यमा लाग्नु बुद्धिमानी होला ।
जब देश सबै प्रकारले सवल र सक्षम होला तब सबैका समस्या हल होलान् भन्ने आसा गर्नु राम्रो होला । ईतिहाँसलाई नियाल्दा कस्ले के ब्यक्तिगत प्रगति गरेको थियो । सो चर्चा हुदैन बरु समाजमा के योगदान गरेको थियो के दिएर गयो भन्ने कुराको महत्व हुन्छ । सबैमा सादर नमस्कार ।
प्रतिक्रिया