गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:५०
Dho

ढम्कनेमा आलुको जात सुधारका लागि पाठशाला

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, साउन १९, २०८०
ढम्कनेमा आलुको जात सुधारका लागि पाठशाला

बाजुरा ः आलु खेतीलाई आम्दानीको प्रमुख स्रोत बनाउन बडीमालिका नगरपालिका–७ मा आलु बालीको जात सुधारका लागि कृषक पाठशाला सञ्चालन गरिएको छ । जिल्लाकै सबै भन्दा बढी आलु उत्पादन हुने क्षेत्रको रुपमा रहेको ढम्कनेको आलुको जात सुधारका लागि पाठशाला सञ्चालन गरिएको हो ।
ढम्कनेलाई बाजुरा जिल्लाको आलुको राजधानी भनेर चिनिन्छ । ढम्कने गाउँमा १ सय २४ बढी घर परिवार रहेका छन् । ती सबैको आम्दानीको मुख्य स्रोत आलु रहेको छ । आलुको बीउ प्रमाणिकरणका गर्ने उद्देश्यका साथ ढम्कनेबाट बाहिर लगिएकोे त्यही ठाउँको २८ वटा स्थानबाट ल्याएको बीउको परीक्षण गर्न ३ वर्षसम्म यो पाठशाला नियमित सञ्चालन गरिने अगुवा कृषक राम बहादुर धामीले बताए ।
परम्परागत रूपमा खेती गरिदै आएको आलुको बिउ प्रमाणीकरण गर्न त्यहाँ आलु पाठशाला सञ्चालन गरिएको बडिमालिका नगरपालिका–७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताए ।

May be an image of 12 people, temple and text
 कृषि ज्ञान केन्द्र बाजुरा र लिर्वड नामक सस्थाले दक्ष प्राविधिक ल्याएर किसानको खेतबारीमै आलुका बिभिन्न जातहरु लगाउने विधि सिकाएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख हरिप्रसाद पनेरुले बताए ।
आलु धेरै फले पनि बजारीकरण नहुने ढम्कनेको आलु २०७६ कात्तिकमा आलु महोत्सव नै गरेका थिए । महोत्सव पश्चात ढम्कनेको आलुु पोखरा, काठमाडौं, धनगढी लगायतका सहरहरूमा जाने गरेको छ । यसरी देशका ठूला सहरमा आलुको माग भएपछि स्थानीयहरू आलु खेतीमा हौसिएका छन् ।
जातिय सुधार ढम्कने आलु कृषक पाठशालाका अध्यक्ष मदनराज खत्रीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमका प्रमुख अतिथि कृषि ज्ञान केन्द्रका प्रमुख हरिप्रसाद पनेरु र विशिष्ट अतिथि बडीमालिका नगरपालिका–७ का वडा अध्यक्ष धर्मराज पाध्याय रहेका थिए ।
कृषक पाठशालाका सचिव राम बहादुर धामीले सञ्चालन गरेको कार्यक्रममा लिवर्डका प्रमुख आकाश कोईराला, बडीमालिका नगरपालिका–७ का वडा सदस्य लोकेन्द्र रोकाया, बडीमालिका नगरपालिका कृषि शाखा प्रमुख रमेश विक, नेपाल पत्रकार महासंघ बाजुरा शाखाका निवर्तमान अध्यक्ष प्रकाश सिंह लगायत अतिथि रहेका थिए ।

प्रतिक्रिया